सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अटो दुर्घटना, चालकसहित दुई जना घाइते

२०८० कार्तिक २७, १२:५०

बैतडीः बैतडीमा अटो दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ह २००३ नम्बरको अटो सोमबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो।

अटो विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। अटो दुर्घटना हुँदा अटो चालक डिलाशैनी गाउँपालिका–६ का करनराम लुहार र अटोमा सवार दोगडाकेदार गाउँपालिका–१ रीमकी निर्मला साउँद घाइते छन्।

लुहारको दाहिने हात र खुट्टामा चोट लागेको छ भने साउँदको दाहिने पाखुरामा चोट लागेको छ। दुवै जनाको दार्चुलाको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए। घाइतेको अवस्था समान्य रहेको छ।

कमेन्ट लोड गर्नुस