सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरका उच्च हिमाली तथा पहाडी भु–भागमा वर्षाको सम्भावना

२०८० कार्तिक २६, ०८:०१ खबर संवाददाता

धनगढीः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वायुको प्रभावका कारण हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। विभागका अनुसार आज दिउँसो सुदु्रपश्चिम, कर्णाली तथा कोसी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको र बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ। आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट लोड गर्नुस