श्रीलङ्कामा भएको आतङ्ककारी आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि

श्रीलङ्कामा गएको अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन्। अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ।
श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सबभन्दा विदेशी नागरिक भारतका रहेका छन्। भारतका १२ जना नागरिक रहेका छन्। त्यसपछि क्रमशः बेलायतका ६ जना, चीनका चारजना र डेनमार्कको तीनजना रहेका छन्।
त्यसैगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई–दुई जनाले यो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक–एक नागरिकले यो आक्रमणमा परी ज्यान गुमाएका छन्। अन्यको अझै पहिचान खुलेको छैन। यसअघि श्रीलङ्कामा भएको आक्रमणमा परी ४० विदेशी नागरिक मारिएको उल्लेख गरिएको थियो।




