सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीका सबै सामुदायिक विद्यालयमा विद्यार्थीको एउटै ‘ड्रेसकोड’

२०८० कार्तिक २४, ०३:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने छात्र–छात्राको ड्रेस कोड एउटै हुने भएको छ।

उपमहानगरको १५ गते बसेको शिक्षा समितिको बैठकले एक रुपता ल्याउन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको ड्रेस कोड एउटै तोक्ने निर्णय गरेको हो। यसका लागि छात्र र छात्राहरुको ड्रेस कोड के कस्तो तोक्ने भन्ने विषयमा आगामी मंसिर १५ गतेभित्र उपमहानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुले विवरण पेस गरिसक्न समेत समयसीमा तोकिदिएको छ।

उपमहानगरभित्र हाल ७२ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। नगरभित्र सञ्चालित सरकारी विद्यालयको गुणस्तर सुधार र विकासमा समेत एकरुपता ल्याउने उपमहानगरको योजना छ। धनगढीका ७२ सामुदायिक विद्यालयमा हाल ६८३ शिक्षक कार्यरत छन्। धनगढीमा प्राथमिक तहमा ३१२ शिक्षक कार्यरत छन्। धनगढीमा कक्षा १ देखि ८ सम्मका आधारभूत विद्यालयको संख्या ४२ छ भने २६ वटा माध्यमिक विद्यालय छन्।

May be an image of blueprint, ticket stub and text

कमेन्ट लोड गर्नुस