सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोविन्दराज जोशी पक्षधरको कांग्रेस कार्यालयमा तोडफोड

२०७६ वैशाख १८, ०२:३२

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले स्थापना गरेको जिल्ला कार्य समितिको कार्यालयमा बुधबार तोडफोड भएको छ। मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसर्को यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास २, मालपोत लाइनमा रहेको कार्यालयमा तोडफोड गरेका हुन्।  र्यालीमा सहभागीले बन्द अवस्थामा रहेको कार्यालयको फ्लेक्स बोर्ड तोडफोड गर्नु साथ सटरमा लेखिएको अक्षरमा रातो रंग लगाएर मेटेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका कांग्रेस कार्यकर्तालाई पाखा लगाएको आरोप लगाउँदै नेता गोविन्दराज जोशी पक्षधरले विशेष अधिवेशनको घोषणा गरेर समानान्तर समिति गठन गरेर कार्यालय सञ्चालन गर्दै आएको थियो। समानान्तर समितिको कार्यालय तोडफोड गर्ने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्ताको सहभागिता रहेको प्रत्यक्षदर्शीले जनाएका छन्। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस