सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प प्रभावितलाई नेपाल–भारत मैत्री संघले १२ लाख बराबरको सहयोग गर्ने

२०८० कार्तिक २३, ०८:५७ खबर संवाददाता

काठमाडौँः नेपाल भारत मैत्री संघले ‘जाजरकोट र रुकुम पश्चिम भूकम्प’ बाट प्रभावितलाई तत्काल १२ लाख रुपैयाँ बराबरको अति आवश्यक बस्तु सहयोग उपलब्ध गराउने भएको छ। मानव जीवनमा अति आवश्यक सामग्रीसहित उक्त सहयोग गर्ने  संघले जनाएको छ।

संघका महासचिव बोधकृष्ण सुवेदीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा चामल, दाल, नुन तेल लगायतका खाद्य बस्तु वितरण गरिने छ। त्यस्तै जाडोबाट बचाउनको लागि चाहिने ८ सय बल्याङकेट पनि प्रभावित क्षेत्रमा वितरण गरिने भएको हो।

उक्त समान भूकम्प प्रभावित ८ सय परिवारलाई नै वितरणको तयारी गरिएको हो। यसका लागि सामानसहित महासचिव सुवेदी आज नेपालगञ्ज पुगेका छन्। उनी भोलि नेपालगञ्जबाट संस्थाकी वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा, लुम्बिनी प्रदेशका उपाध्यक्ष वासुदेव रिमालसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा आफै पुग्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस