सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर अस्पतालले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्न थाल्यो

२०८० कार्तिक २३, ०४:४३ खबर संवाददाता

धनगढीः  कैलालीको टीकापुर अस्पतालले ल्याप्रोस्कोपी विधिबाट पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया सेवा र कल्चर सेवा सुरु गरेको छ। अस्पतालले टीकापुर नगरपालिका–२ की रमिता चौधरीको पित्तथैलीको पत्थरीको पहिलो शल्यक्रिया सफल भएको बताएको छ।blog

धेरै मोटो शरीर भएका बिरामीका लागि यो प्रविधि सजिलो भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट नवीनचन्द्र भट्टले बताए। उनले भने, ‘अपरेसन सफल भइसकेकाले अब तिहारपछि बिरामीको पित्तथैली, एपेन्डिक्स, सिस्ट र पेटभित्र गोलीका छर्रा जस्ता बाहिरी वस्तु निकाल्न ल्याप्रोस्कोपी गरिने छ।’ ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्दा बिरामीलाई हुने दुखाइ, घाउको आकार सानो हुनुकासाथै बिरामीले अस्पताल बस्नुपर्ने समय पनि कमहुने छ।

यस्तै रोगको पहिचान गर्नका लागि आवश्यक कल्चर गर्न धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ। यसको रिपोर्ट तीनदेखि पाँच दिनपछि मात्रै आउने भएकाले निकै समस्या थियो। अनुमानका भरमा एन्टिबायोटिक खुवाउने, गलत परे साइड इफेक्ट हुन सक्थ्यो अब टीकापुर अस्पतालमै कल्चर सेवा सुरु भएपछि उक्त समस्याको पनि समाधान हुने अस्पतालका ल्याब टेक्नोलोजिस्ट गणेशबहादुर ऐरले भने।

जाँच नगरी खाएमा एन्टिबायोटिक गलत परेमा जोखिम हुन्छ।  अब कल्चर गरेर कुन कुन बिरामीले कुन एन्टिबायोटिक खाने भन्ने निश्चित गरिदिने भएकाले बिरामीले सही एन्टिबायोटिक पाउने, समयमै रोग नियन्त्रण हुने टेक्नोलोजिस्ट ऐरले बताए। साधनस्रोत र सेवा विस्तार हुँदै जाँदा स्थानीयस्तरमै सेवा पाइने भएपछि स्थानीय खुसी भएका छन्।

कमेन्ट लोड गर्नुस