सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपविरुद्धको मुद्दामा बहस नोट पेश गर्न अदालतको आदेश

२०८० कार्तिक २३, ०४:०४ खबर संवाददाता

काठमाडौंः काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस नोट पेश गर्ने आदेश दिएको छ।  न्यायाधीश केशवप्रसाद घिमिरेको एकले इजलासले मुद्दामाथि सुनुवाइ गर्दै बहस नोट पेश गर्ने आदेश दिएको हो।

लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ।  यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ। यसअघि  मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो।

बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए। पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न  विदेश जान अनुमति दिएको थियो। 

कमेन्ट लोड गर्नुस