सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

२०८० कार्तिक २१, ०५:४७ खबर संवाददाता

सुर्खेत: कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ। मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा छन्, भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहपनि गृह जिल्ला जाजरकोटमै छन्।

सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारीहरू पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन्। यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ।

उद्धार क्षेत्रमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गरे। भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुग्नु भएका मन्त्री विसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताए।

कमेन्ट लोड गर्नुस