सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले १६ करोडका राहत सामग्री दियो

२०८० कार्तिक २०, ०७:३०

काठमाडौँ : भारतले १६ करोड रुपैयाँको राहत सामग्री सहयोग गरेको छ।

नेपालका भूकम्प पीडितलाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरूप आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज ल्याइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्री लिएर आएको हो। उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे। आपत्कालीन राहत सामग्रीमा भूकम्प प्रभावितका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ।

अमेरिकाको स्पेसल अपरेसन कमान्ड प्यासिफिकले पनि भूकम्पपछि जाजरकोटका बासिन्दालाई सहयोग पु¥याएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले विपद् राहत प्रणालीअन्तर्गत सशस्त्र प्रहरी बलमार्फत सहयोग गरेको जनाएको हो । अमेरिकाले त्रिपाल, खाने सामग्री, खाट, कम्बललगायत सामग्री सहयोग गरेको हो ।

 

कमेन्ट लोड गर्नुस