सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला अदालबाटै मोबाइल चोरी

२०८० कार्तिक २०, ०६:११ खबर संवाददाता

धनगढीः जिल्ला अदालत कैलालीमा चोरी भएको छ। आइतबार राति जिल्ला अदालत कैलालीमा चोरी भएको हो।

अदालतका कर्मचारीहरुको मोबाइल लगायतका सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अदालतमा चोरी भएको विषय आज (सोमबार) मात्र प्रहरीलाई अदालतले जानकारी गराएको डिएसपी कुलदिप चन्दले बताए।

अदालतको मुल गेटमा प्रहरीले सुरक्षा दिँदै आए पनि पछाडीबाट छिरेर चोरले सामान चोरेको हुन सक्ने प्रहरीको अनुमान छ। चोरीमा संलग्नको खोजी भइरहेको र सिसिटिभीको समेत अध्ययन भइरहेको डिएसपी चन्दले बताए।

कमेन्ट लोड गर्नुस