सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बस र जिप आपसमा ठोक्किए

२०८० कार्तिक २०, ०५:४४

धनगढीः बझाङमा बस र जिप एक आपसमा ठोक्किएका छन्। खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित बाग्थलामा बस र जिप एक आपसमा ठोक्किएका हुन्।

बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३६१३ नम्बरको जिप सोमवार अपराह्न बाग्थलामा रहेको अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा मानवीय क्षति नभएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताएका छन्। बस र जिप दुबैको अगाडिको भागमा क्षति भएको छ। दुबै जना चालकलाई अस्थायी ट्राफिक चेकपोष्ट बाग्थलाले नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस