सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाटभटेनीले भूकम्प पीडितलाई दियो एक करोड बढी रकम

२०८० कार्तिक २०, ११:१६ खबर संवाददाता

धनगढीः भाटभटेनी सुपरमार्केटले जाजरकोटसहितका भूकम्प पीडितका लागि एक करोड ११ लाख बढी सहयोग गरेको छ।

भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री राहत कोषमा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ दिएका हुन्। गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।

उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। शुक्रवार रातिको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ।
 

कमेन्ट लोड गर्नुस