सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भूकम्पबाट तीन जना घाइते

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक १८, ०७:४१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा भूकम्पबाट तीन जना घाइते भएका छन्। प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र, धनगढीका अनुसार भूकम्पबाट तीन जना घाइते भएका हुन।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम घोराडी बस्दै आएका तीन जना सामान्य घाइते भएका छन्। कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की सामान्य घाइते भएका छन्। घरको पर्खाल भत्किँदा उनको गोठमा बाँधेका एक गाई, एक भैँसी र बाख्रा घाइते भएको जनाइएको छ। भूकम्पका कारण कार्कीको चारकोठे २ तले कच्ची घरको पर्खाल भत्किएको केन्द्रले जनाएको छ। घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएको र कार्कीको परिवारलाई अर्को घरमा सारिएको छ। राति आएको भूकम्पले प्रदेशका अन्य जिल्लामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ।

भूकम्पबाट अछाम र कैलालीमा भौतिक क्षति भएको जनाइएको हो। केन्द्रका अनुसार भूकम्पका कारण अछामका ६ वटा प्रहरी कार्यालयहरूमा आंशिक क्षति भएको छ भने पञ्चदेवल नगरपालिका वडा नम्बर ९ चल्तडा  एक कच्ची घरको भित्ता चर्कदा आंशिक क्षति पुगेको जनाइएको छ।

  यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ साझा बजार एक पक्की घरमा चर्किँदा आंशिक क्षति पुगेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस