सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

२०८० कार्तिक १८, ०६:१९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिँह रावतको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार राति रावललाई मोटरसाइकलले ठक्कर दिएको थियो। उनको लम्कीकै लालरत्तन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा शनिवार बिहान रावतको मृत्यु भएको हो। मोटरसाइकलसहित चालक शेरसिँह रावत प्रहरीको नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस