सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प प्रभावितलाई डोटीको बोगटान फुड्सिल गाउँपालिकाले दुई लाख सहयोग गर्ने

२०८० कार्तिक १८, ०३:४० खबर संवाददाता

डोटीः शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाद्वा विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरिएको हो। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।

अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक÷एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ।’

कमेन्ट लोड गर्नुस