सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्दर सुदूरपश्चिमको धनगढी काँकडभिट्टा एसी बस सेवा सुरु

२०८० कार्तिक १८, ११:४५ खबर संवाददाता

धनगढीः सुन्दर सुदूरपश्चिम यातायात प्रालिले नयाँ बस सेवा सुरु गरेको छ। देशका अन्य क्षेत्रमा ४० वर्षदेखि यातायातको सेवा दिँदै आएको कम्पनीले धनगढी–काँकडभिट्टा एसी बस सेवा सञ्चालन गरेको हो। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले शनिवार बिहान हरियो झण्डा देखाएर बस सेवा सुरु गरेका छन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीबाट काँकडभिट्टा डिलक्स बस मात्र सञ्चालन गर्दै आएको थियो। शनिवारदेखि भने नयाँ एसी बस सेवा सुरु गरिएको हो। प्रालिका अनुसार झण्डै २ करोडको लागतमा नयाँ बस सेवा सुरु गरिएको छ। धनगढी–काँकडभिट्टा यात्रुको सङ्ख्या बढ्दै गएकाले नयाँ बस सेवा थप गरिएको अध्यक्ष सापकोटाले बताए। 

गत हप्ता मात्रै प्रालिले काठमाडौँ–बझाङ–काठमाडौँ एसी बस सेवा सञ्चालन गरेको थियो। धनगढी–काठमाडौँ स्लिपर बस सेवा सञ्चालनको योजनासमेत रहेको उनले बताएका छन्। यातायात व्यवसायीहरू गुरुद्विप सिंह, गिरि श्रेष्ठ र महेश श्रेष्ठको लगानी रहेको उक्त एसी बस सेवा धनगढी बसपार्कबाट दैनिक बिहान साढे १० बजे र काकडभिट्टाबाट १२ बजे सञ्चालन हुने प्रालिका कार्यालय प्रमुख देवीलाल जोशीले बताए।

कमेन्ट लोड गर्नुस