सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पमा परि जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

२०८० कार्तिक १८, ०६:१७ खबर संवाददाता

धनगढीः शुक्रवार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ।

जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार भूकम्पमा परि कम्तीमा ५० जना घाइते भएका छन्। यस्तै, रुकुम पश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। 

कमेन्ट लोड गर्नुस