सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाद्वारा प्लाष्टिकजन्य सामग्री बिक्री वितरणमा रोक

२०८० कार्तिक १७, ०९:०९ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र प्लाष्टिकजन्य सामग्रीहरुमा बिक्री वितरणमा रोक लगाएको छ। तिहार तथा छठ पर्वमा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फूल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको पालिकाले सूचना जारी गरेको छ।

सूचनामा सम्पूर्ण उद्योगी, व्यापारी तथा आम नगरवासीहरुलाई अनुरोध सहित सबैलाई सम्बोधन गर्दै प्रतिबन्ध गरेको जानकारी गरेको छ। नगरपालिकाले अनुगमनका क्रममा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फूल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात, विक्री वितरण तथा भण्डारण गरेको पाइएमा उक्त सामग्रीहरु जफत गरी कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ।
Godawari Janhitma Jari Sandes

कमेन्ट लोड गर्नुस