सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैशाख २० देखि धनगढीमा मेयर कप फुटबल प्रतियोगिता हुने

२०७६ वैशाख १७, ०७:१४

धनगढीमा आउँदो बैशाख २० गतेदेखि प्रथम नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा बैशाख २० देखि ३० गते सम्म प्रथम मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।   उपमहानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो। प्रतियोगिता वडा नम्बर १२ र १८ मा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख नृप वहादुर वडले धनगढीलाई खेलको शहर बनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए। प्रतियोगिता अन्तरगत प्रथम हुने टिमले नगद एक लाख एक र हजार द्धितिय हुने टिमले ५१ ह्जार पुरस्कार पाउने उपमहानगरपालिकाले जनाएको छ।  

कमेन्ट लोड गर्नुस