सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिगल ढकाल नेपालगञ्जबाट पक्राउ

२०८० कार्तिक १६, ०५:१३ खबर संवाददाता

काठमाडौंः  सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको एसपी सुवास बोहराले बताए।

सर्वोच्च अदालतले बिहीवार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो। अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो।

आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो। रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए। रिगलले नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ मा चेतन मानन्धरको हत्या गरेका थिए।

कमेन्ट लोड गर्नुस