सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर युवतीको मृत्यु

२०८० कार्तिक १६, ०७:२९ खबर संवाददाता

बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो।

पुर्चौडी नगरपालिका-१ कोपिखेत बस्ने आफ्नो श्रिमानको दिदी (जेठी सासु) नाता पर्ने जानकी धानुकको घरमा घरायसी काममा सहयोग गर्न गएकीमा पुर्चौडी नगरपालिका-१ नेटा स्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गोमा गम्भिर घाईते भएकी थिइन्।

घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी ल्याउने क्रममा सोही राति बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
 

कमेन्ट लोड गर्नुस