सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक ५.३८ अंकले घट्यो

२०८० कार्तिक १५, ०४:४६ खबर संवाददाता

काठमाडौंः  शेयर बजारमा ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८३ अंकले तल झरेको हो। ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५६ अंकमा उक्लिएको छ।

२९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार २ सय ९१.३१ रुपियाँ बराबरको कारोबार भएको हो। समग्रमा बजार घटे पनि सयपत्री हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३९ प्रतिशतले नाफा कमाएका छन्।

त्यस्तै तीन दिनदेखि लगातार नेगेटिभ सर्किट लाग्दै आएको सोना मिनिरल्सको शेयर मूल्य आज पनि सबैभन्दा ७.९९ प्रतिशतले घटेको हो। उक्त कम्पनीको मूल्य घटेर प्रतिकित्ता २३४.८० मा झरेको छ। प्रतिकित्ता ३५० मा ओपन भएको शेयर लगातार घटिरहेको हो।
 

कमेन्ट लोड गर्नुस