सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंको गोठाटारमा गोली चल्यो

२०८० कार्तिक १५, ०४:२८ खबर संवाददाता

काठमाडौँः काठमाडौंको गोठाटारमा गोली चलेको छ। लागुऔषध कारोवारीलाई नियन्त्रण गनैका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो। ब्राउनसुगरसहित २ जना पक्राउ परेका कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा भारतको वेष्ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहमद करिम रहेका छन्। उनको दाहिने खुट्टामा गोली लागेको छ। खुट्टामा गोली लागेका करिमलाई तीनकुनेको कान्तिपुर अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ।

यसका साथै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका–८ का ३७ वर्षीय हर्क लिम्बूलाई पनि पक्राउ गरेको छ। उनको साथबाट लागुऔषध जोख्ने तराजुसमेत बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, प्रहरीले घटनास्थलबाट ३ राउन्ड गोलीसहित १ नाल पिस्तोल र २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस