सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको यवसायीको गुनासो

। फोटो स्रोत ।
२०७६ वैशाख १७, ०४:३८

निर्माण व्यवसायीहरुलाई नचिनेको मोबाइल नम्बरबाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘नचिनेको मोबाइल नम्बर’ बाट ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि चासो नदिएको भन्दै गुनासो गरेको हो।

महासंघका अध्यक्ष रवि सिंहले आफूहरुलाई पैसा नदिए महासंघका पूर्व अध्यक्ष सरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की दिनहुँजसो आउने गरेको बताए। महासंघका अनुसार अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्व अध्यक्ष जीपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की अननोन मोबाईल मार्फत आउने गरेको छ। तर सो जानकारी प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, सुरक्षा अंगका प्रमुखहरुलाई जानकारी गराउँदा पनि धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको पनि महासंघले जनाएको छ। अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए। 

महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ। महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानीको व्यवस्था नगरेका कारण विकास, निर्माणको कामनै ठप्प हुने अवस्था आएको पनि बताए। साभार - उज्यालोअनलाइन

कमेन्ट लोड गर्नुस