सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्लास्टिकका फूल प्रयोगमा उपमहानगरको प्रतिबन्ध

२०८० कार्तिक १४, ०४:०३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका ध्वजा-पताका, फूल एवम् बुकेको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

उपमहानगरपालिकाले धनगढीमा आयोजना हुने विभिन्न सभा, समारोह, चाडपर्व, मेला महोत्सवमा प्रयोग हुने टेन्ट, मञ्च लगायत अन्य कार्यक्रममा प्लास्टिकबाट बनेका फूल, माला र बुकेको प्रयोग नगर्न मङ्गलवार सूचना निकालेको हो। प्लास्टिकबाट बनेका फूल, माला, ध्वजा-पताका र बुके प्रयोग नगर्न सम्पूर्ण व्यक्ति, व्यापारी र प्रयोगकर्तालाई उपमहानगरले आग्रह गरेको छ।

प्लास्टिकबाट बनेका फूल,माला, ध्वजा-पताका र बुके प्रयोग गरेको पाइएमा 'धनगढी उपमहानगरपालिका प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ अनुसार कारबाही हुने उपमहानगरको सूचनामा उल्लेख छ।

कमेन्ट लोड गर्नुस