सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नवजीवन अस्पताललाई सुत्केरीबाट शुल्क नलिन आग्रह

२०८० कार्तिक १४, ०१:४६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले नवजीवन अस्पताल प्रालिलाई आमा सुरक्षा कार्यक्रमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

मङ्गलवार उपमहानगरपालिकाले अस्पताललाई पत्र लेख्दै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका–२०७८ को पालना गर्न सचेत गराएको हो।

नवजीवन अस्पतालले सेवाग्राही महिलाबाट प्रयोगशाला जाँच, औषधी, उपकरण र सामानको शुल्क लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्देशिका अनुसार आमा तथा नवजात शिशु उपचार सेवा निःशुल्क गर्न भन्दै मङ्गलवार पत्र काटेको हो। उपमहानगरले लक्षित सेवा लिन आउने सेवाग्राहीबाट तोकिएको सेवा प्रदान गरे बाफत शुल्क लिएमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, २०७८ को दफा १५ को (२) बमोजिम कारबाही गरिने समेत जनाएको छ।

May be an image of text

कमेन्ट लोड गर्नुस