सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा हालसम्म एक हजार बढी डेङ्गु सङ्क्रमितको मृत्यु

२०८० कार्तिक १४, ०६:०४ खबर संवाददाता

काठमाडौं: बङ्गलादेशमा सोमबार एक हजार ७०८ नयाँ डेङ्गुका बिरामी थपिएका छन् भने थप आठ जनाको मृत्यु भएको छ।

यस वर्ष एक हजार ३४१ जनाको मृत्यु भएको र कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार ३८८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ। बङ्गलादेशमा अक्टोबरमा ३५२, सेप्टेम्बरमा ३९६, अगस्टमा ३४२ र जुलाईमा २०४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।

दक्षिण एसियाली मुलुकमा डेङ्गु सङ्क्रमणपछि निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ५८४ पुगेको छ, जसमध्ये सोमबार थप दुई हजार ४० जना निको भई अस्पतालबाट घर फर्किएका छन्।

कमेन्ट लोड गर्नुस