सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लागूऔषधसहित एक जना पक्राउ

२०८० कार्तिक १३, ०४:०९ खबर संवाददाता

बझाङः बझाङमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुर बजारमा रहेको सुर्जन हेयर कटिङ पसल भित्र लागूऔषध लुकाई छिपाई राखेको फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

लागूऔषध ट्रामाडोलसहित पसल सञ्चालक सुर्जन धामीलाई पक्राउ गरेको सुचना अधिकारी प्रहरी निरीक्षक चौधरीले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयबाट शम्भु धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस