सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१ मा सम्पत्तिकर प्रयोजनका लागि यस्तो छ जग्गाको मूल्याङ्कन दर

२०८० कार्तिक १३, ०१:०१ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि सम्पत्तिकर प्रयोजनका लागि जग्गाको मूल्याङ्कन दर (प्रति कट्ठा) तोकेको छ। उपमहानगरले वडा नम्बर १ भित्र पर्ने विभिन्न ठाउँको जग्गाको मूल्याङ्कन सबैभन्दा बढी प्रति कट्ठा ६५ लाख तथा घटीमा ८ लाख तोकेको छ।

वडा नम्बर १ मा पर्ने मुख्य सडक कैलालीपुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको पक्की सडक भएको क्षेत्रमा प्रति कट्ठा ६५ लाख मुल्य तोकिएको छ। जिल्ला प्रहरी कार्यालयदेखि सेतोपुलसम्म प्रति कट्ठा सरकारी मूल्याङ्कन ५५ लाख तोकिएको छ भने नेपाल राष्ट्र बैंकदेखि शिवनगर हुँदै क्याम्पस रोडसम्मको पक्की सडक भएको जग्गाको प्रति कट्ठा मूल्याङ्कन ३५ लाख तोकिएको छ।

वडा नम्बर १ को लक्ष्मीनारायण चोकदेखि राष्ट्र बैंकसम्म, मेनरोड क्याम्पस रोड सडकमा पर्ने र वडा प्रहरी कार्यालय सडकमा पर्ने जग्गाको प्रति कट्ठा ४० लाख मूल्याङ्कन रहेको छ। मेनरोड नेपाल टेलिकम क्षेत्रको जग्गाको मूल्याङ्कन प्रति कट्ठा २८ लाख, मेनरोड नैनादेवी रोड क्षेत्रमा ३० लाख, मेनरोड-फूलबारी बसपार्कको उत्तर र सेतोपुलदेखि प्लाइहुड रोड क्षेत्रमा उपमहानगरपालिकाले जग्गाको सरकारी मूल्याङ्कन प्रति कट्ठा २० लाख तय गरेको छ।

उपमहानगरपालिकाले शिवनगर क्षेत्र र मेनरोड- क्याम्पस रोडबिचको पक्की, ग्राभेल र कच्ची सडक भएको जग्गाको प्रति कट्ठा मूल्याङ्कन क्रमशः १६ लाख, १३ लाख र ९ लाख कायम गरेको छ। यसैगरी, मेनरोड- कृषि तालिम केन्द्र- वसन्तटोल, मेनरोड- रमा चन्दको घर- वसन्तटोल र मेनरोड मस्जिद क्षेत्रको जग्गाको मूल्याङ्कन प्रति कट्ठा १५ लाख तोकेको छ।

उपमहानगरले वसन्तटोल भित्र तथा मेनरोड कारागार रोड भित्रको पक्की, ग्राभेल र कच्ची सडक भएको क्षेत्रमा प्रति कट्ठा क्रमशः १२ लाख, १० लाख र ८ लाख मूल्याङ्कन गरिएको छ भने मेनरोड- अदालत रोड भित्र पक्की, ग्राभेल र कच्ची सडक भएको क्षेत्रमा जग्गाको प्रति कट्ठा क्रमशः २० लाख, १० लाख र ८ लाख मूल्याङ्कन गरिएको छ।

मेनरोड-पिपल टोलको ग्राभेल सडक भएको क्षेत्रको प्रति कट्ठा ९ लाख, मेनरोड पशुपति मन्दिर- एमाले कार्यालय रहेको क्षेत्रको प्रति कट्ठा २५ लाख, पशुपति टोलको अन्य क्षेत्रको पक्की, ग्राभेल र कच्ची सडक भएको जग्गाको प्रति कट्ठा १० लाख, ९ लाख र ५ लाख मूल्याङ्कन तय गरिएको छ।

सम्पत्तिकर बुझाउने प्रयोजनका लागि उपमहानगरले शान्तिनगर-कटान-कव्रस्थान भित्रको जग्गाको पक्की, ग्राभेल र कच्ची सडक भएको जग्गाको मूल्याङ्कन प्रति कट्ठा क्रमशः १३ लाख, १० लाख र ५ लाख तोकिएको छ भने मेनरोड-मिश्रा प्रिन्ट, मेनरोड- चौधरी बुक डिपो क्षेत्रको जग्गाको मूल्याङ्कन प्रति कट्ठा २५ लाख र दुगड निवास रहेको क्षेत्रको प्रति कट्ठा ११ लाख मूल्याङकन कायम गरिएको छ।

मेनरोड-अमित प्लाजा भित्र विनायक टोलको पक्की, ग्राभेल र कच्ची सडक भएको प्रति कट्ठा जग्गाको मूल्याङ्कन क्रमशः २० लाख, १२ लाख र ८ लाख निर्धारण गरिएको छ। मेनरोड- भेटेरिनरी- डिल्ली पन्तको मिल क्षेत्रमा प्रति कट्ठा २० लाख, प्रकाशजङ्ग स्वाँरको घर जाने बाटोमा १६ लाख र कैलाली नाला क्षेत्रको पक्की, ग्राभेल र कच्ची सडक भएको जग्गाको प्रति कट्ठा क्रमशः २५, १५ र १० लाख मूल्याङ्कन निर्धारण गरिएको छ। यसैगरी, उपमहानगरले मेनरोड सिद्धार्थ शिशु सदन स्कुल क्षेत्र, मेनरोड कैलाली पुल दक्षिण उग्रतारा ट्रेडर्स क्षेत्रको जग्गाको मूल्याङ्कन प्रति कट्ठा २० लाख र बाटोसँग नजोडिएको जग्गाको मूल्याङ्कन १० लाख निर्धारण गरेको छ।


 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस