सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा तेस्रो संस्करणको पीपीएल क्रिकेट सुरु

२०८० कार्तिक १३, ०६:११ खबर संवाददाता

बैतडी: बैतडीको पाटनमा आइतबारदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) सुरु भएको छ। पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटनसहित दुई खेल सम्पन्न भएका छन्। पाटन क्रिकेट क्लबले आयोजना गरेको खेलको उद्घाटन नगरप्रमुख गौरीसिंह रावलले गरेका थिए।

जिल्ला खेलकुद सङ्घका अध्यक्ष चमनकुमार भण्डारी, जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, क्रिकेट सङ्घका प्रदेश उपाध्यक्ष रमेश बोहरा, पाटनका उपप्रमुख कमल सिंह बोहरा, आयोजक क्लबका अध्यक्ष किरन चन्दलगायत स्थानीय जनप्रतिनिधिले खेलले मानिसलाई अनुशासित बनाउन योगदान गर्नेमा जोड दिएका थिए। 

प्रतियोगिताको दोस्रो दिन सोमबार तीन खेल हुनेछन्। पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन्। १७ टोली सहभागी प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कमेन्ट लोड गर्नुस