सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोयल्टी काटेको रसिद नभएका चारवटा ट्याक्टर धनगढी उपमहानगरको नियन्त्रणमा

२०८० कार्तिक १२, ०३:०८ खबर संवाददाता

धनगढीः रोयल्टी काटेको रसिद नभएका चारवटा ट्याक्टरलाई धनगढी उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ।

May be an image of snowplow and text

उपमहानगरभित्र कार्यरत नगर प्रहरी बलको छड्के चेकजाँचको क्रममा रोयल्टी काटेको रसिद नभएका ट्याक्टर फेला परेपछि चारवटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो। यही कात्तिक १० गते राती ८ः३० मा बेली पुल नजिक रोयल्टी काटेको रसिद नभएको  सुदूरपश्चिम प्रदेश ०१००२ त ६७५२ ट्रली नम्बर से. १ त. ४३६९ सहित नगर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

May be an image of motorcycle, lumberyard and text

त्यस्तै हिजोे बिहान ५ बजे  धनगढी उपमहानगरपालिका–१७ पथरीघाट नजिकबाट पनि रोयल्टी काटेको रसिद नभएको सुदूरपश्चिम प्रदेश ०१००२ त ९८९६, बिहान ८ बजे  धनगढी उपमहानगरपालिका–५ तारानगर हिमशिखर अगाडि रोयल्टी काटेको रसिद नभएको से.१ त. ४९९८, साँझ ७ः२० बजे धनगढी उपमहानगरपालिका–१७ पथरीघाट नजिक से.१ त ४७०५ र से.१ त. ९५६० नम्बरको ट्याक्टरलाई नगर प्रहरी बलले नियन्त्रणमा लिएर उपमहानगर परिसरभित्र राखेको छ।

May be an image of combine and text

कमेन्ट लोड गर्नुस