बझाङमा नदीमा बगेर एकजना बेपत्ता
बझाङः बझाङमा सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत सेती नदीमा बगेर बेपत्ता भएका हुन्।
उनी शनिवार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए। उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको प्रहरी प्रमुख तथा डिएसी शाहले बताएका छन्।