सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलामाथि दुर्व्यवहार गरेका हुम्ला प्रहरी प्रमुख भट्टराई निलम्बनमा

२०८० कार्तिक ११, ११:५० खबर संवाददाता

काठमाडौं: महिलामाथि दुर्व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख निलम्बनमा परेका छन्।

मादक पदार्थ सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि हुम्ला प्रहरी प्रमुख एवं डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

यसबीचमा उनीविरुद्धमा परेको उजुरीबारे छानबिन तथा अनुसन्धान हुनेछ। डिएसपी भट्टराईको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक रविन्द्र खनाललाई पठाइएको डिआइजी कडायतले जानकारी दिए।

कमेन्ट लोड गर्नुस