सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनेगलका फुटबलर डियाग्ने धनगढी एफसीमा अनुबन्धित

२०८० कार्तिक ११, ११:४० खबर संवाददाता

धनगढी एफसीले सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर फलु डियाग्नेलाई विदेशी खेलाडीका रूपमा शनिबार अनुबन्ध गरेको जनाएको छ। युरोपेली लिगमा खेलिसकेका ३४ वर्षीय डियाग्नेसँगै धनगढीमा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि अर्को विदेशी खेलाडी ओलावाले आफिज रहेको छ।

पछिल्लो पटक चेन्नई एफसीको प्रतिनिधित्व गरेका डियाग्नेले यसअघि फ्रान्सको लिग वान एफसी मेट्ज, बुन्डेसलिगाको फ्राइबर्ग र वेडेर ब्रेमनबाट पनि खेलिसकेका छन्। उनले सेनेगली टिमका लागि चार क्याप जितेका छन्। धगनढीका अनुसार एनएसएलमा आवद्ध विदेशी खेलाडीमध्ये डियाग्ने अहिलेसम्मकै सबैभन्दा अनुभवी हुनेछन्।

उनले धनगढीबाट खेल्न पाउँदा खुसी भएको बताउँदै भनेका छन्, ‘एनएसएलको पहिलो सिजतको उप–विजेता टिमसँग सम्झौता गर्न पाउँदा हर्षित छु। आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टिमलाई एक स्थानमा माथि पु¥याउने भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु।’ एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि सुरु हुँदैछ।

कमेन्ट लोड गर्नुस