सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

२०८० कार्तिक ११, १०:०५ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलस्थित सडकमा भे.७ प ५३८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ कटान बस्ने ७३ वर्षीया पावनीदेवी साउदको शुक्रवार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस