सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा रामलीला महोत्सव सुरु

२०८० कार्तिक ११, ०९:३६ खबर संवाददाता

बैतडीः बैतडीमा रामलीला महोत्सव सुरु भएको छ। दशरथचन्द नगरपालिका–६ स्थित कालिका मावि थालिगडाको प्रांगणमा शुक्रवारदेखि रामलीला महोत्सव सुरु भएको हो। कालिका सांस्कृतिक समाजको आयोजनामा गणेश पूजनसहित रामलीला महोत्सवको सुरुवात गरिएको समाजका अध्यक्ष कर्णबहादुर चन्दले बताए। 

भगवान रामचन्द्रको जीवनगाथा आधारित रामलीला महोत्सव १३ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। धर्म संस्कृतिको जगेर्ना, सामूहिक विकासको भावना र असल चरित्रका नागरिक निर्माणको उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अध्यक्ष चन्दले बताए। रामलीला महोत्सव भगवान रामचन्द्रको जीवनमा आधारित नाटक प्रदर्शन भइरहेकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस