सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिन जोशीको सुरक्षाको लागि परराष्ट्र मन्त्रालयको आग्रह

२०८० कार्तिक १०, ०८:४७ खबर संवाददाता

काठमाडौँः  नेपाल सरकारको परराष्ट्र मन्त्रालयले चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ। जोशी गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता छन् र उनको अवस्था अझै अज्ञात छ।

परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ। मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस