सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइलको ठक्करबाट वृद्धा घाइते, चालक फरार

२०८० कार्तिक १०, ०९:२६ खबर संवाददाता

धनगढीः कैलालीको चौमालामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्।

गौरीगंगा नगरपालिका–२ झिल बस्ने ७३ वर्षीया पावर्तीदेवी साउदलाई आज बिहान ६ः३० बजे मोटरसाइकलले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। ठक्करबाट घाइते भएकी साउदलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जानकारी दिएको छ।

उनलाई सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो। ठक्कर दिएर फरार भएको  मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस