सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलबाट थप बझाङका एक विद्यार्थीको शव ल्याइयो

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक ९, ११:१२ खबर संवाददाता

धनगढीः इजरायलबाट थप बझाङका एक विद्यार्थीको शव नेपाल ल्याइएको छ। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको हो। नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।

उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए संकलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए।
 

कमेन्ट लोड गर्नुस