सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल एक महिना बन्द भए प्रदेशको पर्यटन क्षेत्र समेत प्रभावित हुने

२०७६ वैशाख १७, ०७:३४ जनक विष्ट

धनगढी विमानस्थल एक महिना सम्म बन्द भएमा प्रदेशको पर्यटन क्षेत्र समेत प्रभावित हुने देखिएको छ। विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थल एक महिना सम्म बन्द भए प्रभावित हुने देखिएको हो। विमान स्थल एक महिना सम्म बन्द भए हवाई मार्ग भएर आउने पर्यटक सुदूरपश्चिम नआउने भएका कारण पर्यटन क्षेत्र प्रभावित हुने भएको हो।

कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले धनगढी–काठमाडौँ हवाई सेवा भएकै कारण पछिल्लो समय आवागमनमा सहज भएको तर एक महिना सम्म नै विमान स्थल बन्द भए यसक्षेत्रको पर्यटन नराम्ररी प्रभावित हुने बताए। उनले विमान स्थल मर्मत सम्भारसंगै हवाई सेवा समेत सुचारु हुने विकल्प खोज्नु आवश्यक रहेको बताए।  

अहिले हवाई मार्ग भएर दैनिक कति पर्यटक आउछन् भन्ने यकिन तथथ्याङ्क नभएपनि सुदूरपश्चिमका नाका  भएर भारत सहित अन्य तेस्रो मुलुक जानेहरु भने काठमाडौँ–धनगढी हवाई सेवा प्रयोग गर्दै आएका छन्। उनीहरु मध्ये कतिपय व्यक्तिहरु कैलाली कञ्चनपुरका पर्यटकिय स्थल घुम्ने योजना बनाएर आएका हुन्छन्। एयरलाईन्स कम्पनीहरुका अनुसार पनि कुल यात्रुको झण्डै पाँचदेखि १० प्रतिशत यात्रु सुदूरपश्चिम बाहिरका हुने गरेका छन्।

एक महिना सम्म विमान स्थल बन्द भएपछि आवागमन घटेर यहाँको पर्यटन व्यवसायसंगै अर्थतन्त्रमा समेत असर पार्ने नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा बताउछन्। धावन मार्ग अति जिर्ण भईसकेकाले स्तर बृद्धिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म एक महिनाका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएको छ।

तर अन्य विमानस्थलमा भने सुचारु भएकै अवस्थामा मर्मतको काम जारी रहेकोले धनगढीमा पनि त्यस्तै गर्नुपर्ने माग हुँन थालेको छ। तर धनगढी विमान स्थलले भने एक महिना विमान स्थल बन्द गर्नुको विकल्प नभएको दावी गरेको छ। धनगढी विमान स्थलका  प्रमुख तेजबहादुर बुढथापाले प्रविधिको अभावका कारण मर्मत सम्भारका लागि एक महिना बन्द गर्नुको विकल्प नभएको बताए।  

उनले ६ सय मिटर धावनमार्ग भासिएर जीर्ण भईसकेकाले विमानस्थल बन्द नगरी मर्मत गर्नुको विकल्प नभएको दावी गरे।  धनगढी विमानस्थलका अनुसार अहिले धनगढी–काठमाडौँ रुटमा नेपाल एयरलाइन्सले हप्ताको २ दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक २÷२ उडान भर्दै आएका छन्।    
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस