सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८० कार्तिक ७, ०५:०६ खबर संवाददाता

दोलखाः दोलखाको विगु गाँउपालिका वडा नम्बर–२ ओराङमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाईते भएका छन्।

दुर्घटनामा विगु गाँउपालिका वडा नम्बर–२ कै चिनिमाया तमाङ र बलिमाया तमाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले बताए। दोलखाको सिंगटीबाट बासपानी जादै गरेको बा १४ च ८९३४ नम्बरको बोलेरो जीप ओराङ राईबेटारमा सोमवार बेलुका ६ः४५ बजे दुर्घटना भएको थियो।

घाइते भएका ६ जनामध्ये तीन जनाको सिगटीमा उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस