धनगढीका स्वर्गीय दिलबहादुरको परिवारलाई सलामीसहित रकम हस्तान्तरण
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर–९ का स्वर्गीय दिलबहादुर पार्कीको परिवारलाई सलामीसहित रकम हस्तान्तरण गरिएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले स्वर्गीय पार्कीको शवलाई सलामी दिई उनको परिवारलाई पाँच हजार रुपैँया हस्तान्तरण गरेको हो। देहावसान पश्चात् दाउरामा दाह संस्कार गर्न आर्थिक अवस्था बिपन्न भएका परिवारलाई दाह संस्कार खर्च वाफत नगरवासीलाई धनगढी उपमहानगरपालिकाले दिँदै आएको छ।