सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी प्रहरीद्धारा सुरक्षा व्यवस्थामा कडाई

२०८० कार्तिक ७, १२:५१ खबर संवाददाता

बैतडी: बैतडी प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ पारेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्वका बेला हुनसक्ने घटनालाई ध्यानमा राखेर बैतडीमा सुरक्षा व्यवस्था कडा पारेको हो। जिल्ला प्रहरी कार्यालयले जिल्ला बासीलाई ढुक्क संग दशैँ मनाउनसमेत आग्रह गरेका छ।

विशेष सुरक्षा योजना लागु गेरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चाडपर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था मजबुद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

चाडपर्वमा हुने बिकृति रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए। चाडपर्वका बेला हुनसक्ने संम्भावित घटनालाई ध्यानमा राखेर प्रहरीले जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरेको छ। सीमानाका लगायत जिल्लाभरिनै सुरक्षा व्यवस्था मजबुद पारिएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गिरीले जिल्लाबासीलाई ढुक्क संग दशैँ मनाउ आग्रह गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस