यू–१९ प्रिमियर कपमा नेपालले टस जितेर ब्याटिङ थाल्यो
यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन्।
उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन्। त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको हो।