कञ्चनपुरमा एक कृषि तथा पशुपन्छी फर्ममा आगलागी
कञ्चनपुरः कञ्चनपुरमा एक कृषि तथा पशुपन्छी फर्ममा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–४ स्कुल टोल स्थित गौरी कृषि तथा पशुपन्छी फर्ममा आगलागी भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
फर्ममा विद्युतको तार सर्ट भइ आगलागी भएको हो। आगलागीबाट फर्म भित्र रहेको काठ, खर र कुखुरालाई चारा खुवाउने भाँडा जलेर अन्दाजी एक लाख २० हजार बराबरको क्षति भएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको र पुर्ण विवरण नआएको कञ्चनपुर प्रहरीले जनाएको छ।