गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

२०८० कार्तिक ६, ०५:४१
चीन भ्रमणका क्रममा हृदयाघात भएर अस्पताल भर्ना भएका उपप्रधानमन्त्रि एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। मन्त्री श्रेष्ठ पाँचदिने उपचारपश्चात् सोमवार डिस्चार्ज भएका हुन्। उनको सचिवालयकाअनुसार उनी कार्तिक ८ गते बिहान स्वदेश फर्किने छन्।
यसअघि उनी कार्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले ८ गते मात्रै स्वदेश फर्किने भएका हुन्। बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो।


कमेन्ट लोड गर्नुस