सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालसँग यूएई ५ विकेटले पराजित 

२०८० कार्तिक ६, ०४:१० खबर संवाददाता

काठमाडौंः  काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई हराएको छ। सोमवार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो। सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ।

यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई आशिफले कप्तान रोहित कुमार पौडेलसँग मिलेर उकासेका थिए। आसिफले ६२ रन बनाए। रोहितले ४७ रनको योगदान गरे। नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अर्को सम्झन लायक इनिङ्स खेले। नेपाललाई जितसम्म डोर्याएका दीपेन्द्रले १५ बलमा अविजित ४० रनको योगदान गरे। उनले ६ चौका र १ छक्का हिर्काए। गुल्सन झा १ रनमा नटआउट रहे।

यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो। वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए। खालिद साहले १२ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट झारेका थिए। नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ। यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ। टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो। 
 

कमेन्ट लोड गर्नुस