सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा पशुबलिसहित आज जात्रा

२०८० कार्तिक ६, ०७:३६ खबर संवाददाता

बैतडी: बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा आज भव्य जात्रा लाग्दै छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर-६ स्थित उदयदेव मन्दिरमा हिजोबाट सुरु भएको जात्रामा आज पशुबलिसहितको भव्य जात्रा लाग्दै छ।  

महाअष्टमीदेखि सुरु भएको जात्रा पशुबलिसहित सम्पन हुने पाटन नगरपालिका वडा नम्बर- ६ का वडा अध्यक्ष राजेन्द्र सिंह विष्टले जानकारी दिए। मन्दिरहरुमा आज महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए।

महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको वडा अध्यक्ष विष्टले बताए। यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।

दुई दिन मदिराको विक्रि वितरणमा रोक लगाइएको बताइएको छ। जिल्लाका विभिन्न शक्तिपीठहरुमा लाग्ने मेलालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस