नेपाल र यूएई भिड्दै
काठमाडौं: त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।
जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो। मोहम्मद वासिमको कप्तानीमा रहेको यूएई पनि जितसहित एक खेल अगावै फाइनलको यात्रा तय गर्न चाहन्छ।
यदि नेपालले यूएईलाई पराजित गरे हङकङ र यूएई बीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ। यूएईले हिजो हङकङलाई ६ विकेटले पराजित गरेको थियो। टी–ट्वान्टी विश्वकप २०२४ को छनोट प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन्।